अन्तराष्ट्रिय पर्वत समाजद्धारा एनआरएनएमा निर्वाचित अध्यक्ष कुल आचार्य सहित अन्य पवर्तेलीहरुलाई बधाई ज्ञापन

03 Aug 2022

गण्डकी संचार (पर्वत) । गैरआवासीय नेपाली संघको अध्यक्षमा नियुक्त हुनुभएका कुल आचार्यप्रति जिल्लावासी, विभिन्न संघसंस्था र शुभचिन्तकहरुले यतिखेर बधाईको ओइरो लाएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्य परिषद (एनआरएनए) को १० औ विश्वसम्मेलन तथा महाधिवेशनबाट पर्वते भुमिपुत्र, सफल व्यवसायी, कुशल सामजिक अभियान्ता एवम् अन्तराष्ट्रिय पर्वत समाजको संरक्षकमा कुल आचार्य अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा अन्तराष्ट्रिय पर्वत समाजले खुशीयाली व्यक्त गर्नुका साथै बधाई ज्ञापन गरेको छ ।
समाजका अध्यक्ष झलक केसी र महासचिव मणि भुर्तेलद्धारा एक विज्ञप्ति प्रकाशित गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘कुशलता, सफलता सँग जोडिएको तपाईको ध्यान, संकल्प, उद्देश्य विश्वभर छरिएर रहेका गैरआवसीय नेपालीहरुलाई मालामा बुन्दै मध्यपूर्वका मजदुरदेखि जापान, युरोप, अफ्रिका, अमेरिकासम्म रहेका नेपालीको मन र जनमा पुग्दै सफल कार्यकाल सम्पन्न गर्नुहुनेमा विश्वस्त छौँ, यस अभियानमा अन्तराष्ट्रिय पर्वत समाज एक्यबद्धता सहित प्रतिबद्धता छ ।,’
साथै अन्तराष्ट्रिय पर्वत समाजले संरक्षक महेश श्रेष्ठ उपाध्याक्षमा, दिर्घकालिन योजना विद सदस्य गोविन्द गौतम सचिवमा, समाजका सल्लाहकार ओम ुरुङ उप–महासचिवमा, अन्तरास्ट्रिय पर्वत समाज का सल्लाहकार नारायण सुवेदी सह–कोषाध्यक्षमा, अन्तरास्ट्रिय पर्वत समाजका सल्लाहकार सागर सुबेदी युरोप उप–संयोजकमा, समाजका सदस्य दिपक न्यौपाने युवा सह–संयोजकमा, समाजका अभियान्ता इन्दिरा तिवारी एशिया महिला प्यासिफिक उप– संयोजकमा सर्वसहमति निर्बाचित हुनु भएकोमा बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।