सम्पुर्ण सहयोगि मनप्रती नमन ।।

02 Aug 2022

सम्पुर्ण सहयोगि मनप्रती नमन ।।

अन्तरास्ट्रिय पर्बत समाजले बिश्वभर महामारीको रुपमा फैलिएको COVID 19 (कोरोना )भाइरस बाट विदेश तथा स्वदेशमा रहनुहुने पर्वते तथा नेपाली दाजुभाईलाइ  पर्ने समस्यामा मलहम लगाउने उद्देस्यले गठित यस आकस्मिक कोषमा साथै सस्थाको हितमा आर्थिक नैतिक भौतिक सहयोग गर्ने सम्पूर्ण सहयोगीहरु प्रति हार्दिक आभार ।

अन्तरास्ट्रिय पर्बत समाजले भारतको नया दिल्लीमा कोरोनाको कारण बाट जागिर गुमाउन पुगेका पर्वते दाजुभाई हरुलाई खान बस्न को समस्या भयो भन्ने कुरा आएकोमा  अहिलेको विषम परिस्थितिलाई मध्ये नज़र गरि हाम्रो क्षमता अनुसारको  राहत १५०० भारतीय रुपैया बराबरको खाद्यान्न र ५०० भारतीय रुपया नगद पिडित ४० जनालाई हस्तान्तरण गरिएको जानकारी यहाहरु समक्ष गराउछौ । यस राहात हस्तान्तरण कार्यक्रमलाइ आफ्नो समय सुझ बुझ प्रयोग गरि पिडित हरुको हातमा राहत पुर्याइदिनु भएकोमा पर्बत आर्थर निबासी हाल नया दिल्ली मा बस्नुहुने समाजसेवी  मेरी गुरुङ (शुष्मा)श्री अर्जुन गुरुङ लगायत सहयोग गर्नु हुने सम्पूर्ण टिमलाइ सस्थाको तर्फबाट हार्दिक धन्यवाद ।