सम्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद ।।

02 Aug 2022

सम्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद ।।

अन्तराष्ट्रिय पर्वत समाजले समाजका सदस्य एवं पर्वत वेलफेयर सोसाइटी युके अध्यक्ष नेत्र आले ज्यु विशेष सक्रियता र समन्वयमा समाज सदस्य राजु भुर्तेल उपस्थितिमा पयु गाउपालिका प्रमुख खगेन्द्र तिवारी मार्फत पर्वत जिल्लाको दक्षिण स्थित पयु गाउँपालिका अन्तर्गत रहेको  अति ब्यस्त हुवास स्वास्थ्य चौकीलाई कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई मध्यनजर गरी ब्यक्तिगत सुरक्षात्मक उपकररण (पिपिई) ६ थान , १ थान थर्मल गन, ४ थान सेनिटाईजर सँगै ५ सय थान सर्जिकल मास्क सहयोग गरिएको छ । आफ्नो अमुल्य समय दिई समन्वय गरि दिनुहुने समाजका सदस्य नेत्र आलेज्यु, हस्तान्तरणका लागि सहजता गरिदिनु हुने समाजका सदस्य राजु भुर्तेलज्यु , हाम्रो अनुरोधमा सामग्रीको ब्यवस्थापन गरिदिनु हुने पर्वत अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष गोविन्द गिरि पहाडिज्यु , हस्तान्तरणका लागि ब्यवस्थापन गरिदिनु हुने आदरणीय पयु गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीज्यु लगायत उपस्थित सम्पुर्णका साथै सबै सहयोगी मनमा हार्दिक धन्यवाद ।।